राजविराज,२६ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१०, बनौलामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि फरार रहेका ३८ वर्षीय जिवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

गत वैशाख २९ गते ती व्यक्तिहरूले पीडित रेखा कुमारी मण्डललाई बोक्सीको आरोप लगाउँदै अश्लील गालीगलौज गर्नुका साथै हातहतियार प्रयोग गरी कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा मुद्दा दर्ता भएको थियो।

फरार प्रतिवादीहरूको खोजी गरिरहेको प्रहरी टोलीले बिहीबार बनौला क्षेत्रबाटै उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए। पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर