राजविराज २७ बैशाख । सप्तरीको राजगढ गाउँपालिका वडा नं. ४का वडा अध्यक्ष अशोक कुमार साहले एक भारतीय नागरिकलाई नेपाली हो भनी झुठो विवरण खडा गरी नेपाली नागरिकता बनाई दिएका छन ।

राजगढ गाउँपालिका वडा नं. ४का वडा अध्यक्ष साहले सोही वडाका रामशुभक महतोको नक्कली छोरा बनाई भारतको बिहार राज्य जिरोगा ग्राम पंचायत निवासी २९ वर्षीय जिवछ केशरीलाई एक महिना अगाडी मनिष कुमार महतोको नामबाट जन्मदार्ताको प्रमाण पत्र बनाई सोही आधारमा निजलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले नेपाली नागरिकताको प्रमाण पत्र दिएको देखिएको छ ।

झुठो विवरण पेश गरी नाम बदलेर नेपाली नागरिकता लिने केशरीको भारतको बिहार राज्य जिरोगा ग्राम पंचायतको आम निर्वाचन नामावली २०२१को मतदाता नामावलीको (भोटर)क्रम संख्या ६९(४०।२५०।७७ मा नाम समेत रहेको छ । निज केशरी २०२१को आम निर्वाचनमा भारतमा भोट समेत खसालेका थिए । नेपाली नागरिकता दिलाउन आफनै छोरा हो भनी झुठा विवरण पेश गरी सहयोग गर्ने रामशुभक महतोले आफ्न् िश्रीमती सोनावती देव् िमहतोलाई जिल्ला प्रशासन कार्यालय सप्तरीमा सनाखत गर्न लगाएको प्राप्त प्रमाणबाट देखिएको छ । यसरी गैर कानुनी रुपमा झुठा विवरण पेश गरी नागरिकता लिनु अपराध हो ।

नेपाल नागरिकता ऐन २०६३को दफा १२र १३ बर्जित कार्य भनी ब्याख्या गरेकाले सोही ऐनको दफा २१को उपदफा १,२,३ बमोजिम दण्डित कार्य भएको हुदा कारबाही हुनुपर्ने माँग गरिएको छ । यस विषयमा वडा अध्यक्ष साह सँग थप बुझन खोज्दा उनी सम्र्पकमा आउन चाहेनन । उनको मोबाईलमा फोन गर्दा सम्र्पक हुन सकेको छैन । एक स्थानीयका अनुसार उनको नागरिकता प्रकरणको खुलासा भएपछि फरार भएको बताए । यस नागरिकता प्रकरण वारे थप अनुसन्धान भैरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

नवीन नरसिंह नेपाली

लेखकको बारेमा

नवीन नरसिंह नेपाली

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर