एसपी यादव/सर्लाही, असोज २९ गते । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा जन्मकैदको सजाय भोगिरहेका मेघराज भन्ने बाबु थापा जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए । उनलाई सर्लाहीस्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा प्रहरीले दुई थान पेस्तोल, तिन थान म्याग्जिन र १५ राउन्ड गोलि समेत बरामद गरेको छ ।
सर्लाहीको बागमती नगरपालिका-१ निवासी ४८ वर्षीय थापालाई सर्लाही प्रहरीले बुधबार राति उनको आफ्नै घरबाट पक्राउ गरेको हो ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, थापा २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका थिए । कारागारबाट भागेपछि उनी विभिन्न स्थानमा लुकेर बस्दै आएको र बुधबार राति घर पुगेका बेला प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले थापाको साथबाट दुई थान पेस्तोल, तिन थान म्याग्जिन र १५ राउन्ड गोलि समेत बरामद गरेको जनाएको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइने डीएसपी गौतमले जानकारी दिए ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको २०६९ जेठ १८ गते हत्या भएको थियो । उक्त हत्यामा संलग्न रहेको अभियोगमा अदालतले थापालाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो । उनी यसअघि २०७१ सालमा पक्राउ परेका थिए ।
जन्मकैदको सजाय भोगिरहेका थापा जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । अन्ततः उनी आफ्नै गृहजिल्ला सर्लाहीस्थित घरबाट पक्राउ परेका छन् ।
न्यायाधीश बमका हत्यारा बाबु थापा सर्लाहीबाट पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद