
धरान,१७ माघ । बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानले बचत रकम फिर्ता लिन आउन आग्रह गरेको छ।
बराह सहकारी संस्थाका अध्यक्ष मान बहादुर विश्वकर्माले मंगलवार एक वक्तव्य जारी गरी साना बचत कर्ताहरुलाई आफ्नो बचत रकम फिर्ता लिन आउन आग्रह गरेको छ।
यस अघि ५०० सय रुपैयाँ बचत रकम रहेका ३ हजार ३ सय ३८ वटा खाताको बचत फिर्ता गरेको छ । त्यस्तै १हजार बचत रहेको ४ हजार ७ सय ९८ वटा खाताबाला बचत कर्ताहरुको बचत रकम फिर्ता गरिएको र अब माघ १६ गते देखि १००१ देखि २००० हजार सम्म बचत रहेका बचत कर्ताहरुको रकम फिर्ता गर्ने कार्य प्रारम्भ भएकोले आ-आफ्नो बचत पासबुक लिई बचत रकम फिर्ता लिन आउन आग्रह गरेको छ।
बराह सहकारीमा बचत गर्ने भन्दा पनि पछिल्लो चरणमा बचत रकम फिर्ता लिन आउनेहरूको संख्या बढदा बराहले माग बमोजिम बचत रकम फिर्ता गर्न नसक्दा बराह संकटमा परेको धरानका सञ्चारकर्मी तथा विश्लेषक गणेश तिमिल्सिना बताउनु हुन्छ।
बराहले पछिल्लो चरणमा नगद रकम जुहो गर्न नसक्दा बराह संग रहेको विभिन्न ठाउँका जग्गाहरू ठूला बचत कर्ताहरुलाई दिएर पनि आफ्नो दायित्व घटाई रहेका छन्।
झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न ठाउँहरूमा रहेका घर जग्गाहरू रोजी – रोजी बराहले आफ्ना सदस्य बचत कर्तालाई दिने कार्यलाई समेत निरन्तरता दिई रहेको छ।
पछिल्लो चरणमा सुनसरीको कलबन्जरमा बिजुली बत्ती, नाला सहितको आवास क्षेत्रका प्लानिङ्ग जग्गाहरू धमाधम बचत कर्ताहरुलाई रजिस्ट्रेसन पास गरी दिँदै आएकोले उक्त क्षेत्रमा रहेको जग्गाहरू लिन चाहने बचत कर्ताहरुले बराह सहकारीको भोटेपूल स्थित कार्यालयमा सम्पर्क राख्न आग्रह समेत गरेको छ।
