काठमाडौं, २९  असोज — नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले भन्सार छली ल्याइएको ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ।

आज बिहान करिब ३:४५ बजेको समयमा प्रहरी टोलीले गस्ती गर्ने क्रममा अनुमानित १४ लाख ८४ हजार रुपैयाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको हो।

भारतबाट अवैध रूपमा भन्सार छलेर ११ वटा ठूला हरिया झोलामा मदिरा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। संयुक्त प्रहरी टोलीले महलबारी सडकखण्डमा जाँच तथा गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा ती मदिरा फेला पारेको प्रहरीले जनाएको छ।

बरामद गरिएको मदिरामा ७५० एमएलका कुल ७४२ बोतल ‘ओल्ड मन्क’ (Old Monk) रम रहेका छन्। प्रतिबोतल अनुमानित २ हजार रुपैयाँका दरले बरामद मदिराको कुल बजार मूल्य १४ लाख ८४ हजार रुपैयाँ कायम गरी आवश्यक कारबाहीका लागि अगाडि बढाइएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर