कोलकाता २४ मंसिर। बिहार बंगलाभाषी सम्मेलन भारतको कोलकत्तामा सम्पन्न भएको छ।

कोलकत्ताको जोगेश माइम एकेडमी कालिघाटमा एक दिवसीय सम्मेलन सम्पन्न भएको हो।

विश्वभरी छरिएर रहेका बंगाली समुदायको भाषा, संस्कृतिको जगेर्ना गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको नेपालबाट सम्मेलनमा सहभागी विनदनन्द नुन्दी र अनुप रोयले बताए । बिहार बंगाली समाजद्वारा आयोजित सम्मेलनमा नेपालबाट नेपाल बंगाली समाजका अध्यक्ष पार्थो सरकारको नेतृत्वमा समाजसँग आवद्ध विभिन्न पेशा तथा क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो। सम्मेलनमा समाजका नेपाल अध्यक्ष पार्थो सरकारले नेपालमा बंगाली समुदायको अवस्था र नेपाल बंगाली समाजद्वारा गरिएका कार्यहरूका वारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

सम्मेलनमा पश्चिम बंगाल, झारखण्ड, उत्तरप्रदेश,बिहार, उडिसा, तिर्पुरा, मेघालय, आसाम र दिल्ली लगायतका प्रान्तबाट बंगाली समुदायको सहभागिता रहेको कोलकाता निवासी प्राण गोपाल राय र बेलेघाटा निवासी विश्वजीत कौरले जानकारी दिनुभयो। सम्मेलनमा सहभागी अतिथिहरुलाई आयोजक समितिले गम्छा र मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो। सम्मेलनमा साँस्कृतिक प्रस्तुति नेपालबाट अनुप रोयले दिएका थिए।

नेपालको प्रतिनिधित्व गर्दै पूर्व नेपाल एयर लाइन्सका ईजिन्नियर अशोक कुमार देव, मोरगका दिलीप बनर्जी, झापाका भोला चक्रकवती ,अनुप रोय, रुपन्देहीबाट किरण सरकार र सुनसरीबाट जगदिश कबिरथको सहभागिता रहेको थियो। त्यसै कोलकत्ता निवासी अधिवक्ता तरुण पौदार लगायतको सहभागिता रहेको थियो।

तस्वीरमा हेर्नुहोस सम्मेलनको झलक  :-

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर