राजविराज,२५भदौ । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा पत्र पेस गर्नुभएको मन्त्रीको सचिवालयले पुष्टि गरेको छ। पछिल्लो समय उद्योगी तथा व्यवसायीसँगको सम्बन्ध र विभिन्न विषयमा उठेका टिकाटिप्पणीबीच मन्त्री यादवले यो कदम चाल्नुभएको हो।







