काठमाडौं, — नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रानुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट ट्राफिक प्रहरी परिसर भक्तपुरमा सरुवा भएकी प्रहरी निरीक्षक झरना सोनारको बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

प्रतिष्ठानमा आयोजित उक्त ‘शुभकामना तथा फेरि भेटौंला’ कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धी विक्रम शाह प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एआईजी शाहले प्रहरी निरीक्षक सोनारलाई प्रतिष्ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्दै आगामी व्यवसायिक जीवनका लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो।

त्यस अवसरमा बिदाइ सम्बोधन गर्दै प्रहरी निरीक्षक झरना सोनारले प्रतिष्ठानमा कार्यरत रहँदा पाएको सद्भाव, सहयोग र विश्वासप्रति आभार प्रकट गर्दै प्रतिष्ठान परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रतिष्ठानका अधिकृत, प्रशिक्षक तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर