
काठमाडौं। नेपालमा बसोबास गर्ने बंगाली समुदायले आफ्नो जातीय पहिचानको हकहितका लागि नेपाल राष्ट्रिय बंगला समाज नामक गैर सरकारी संस्था दर्ता गराएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट फाल्गुन २३ गते संस्था दर्ताको प्रमाण पत्र लिएको समाजका अध्यक्ष पार्थो सरकारले जानकारी दिनुभयो। अध्यक्ष सरकारले नेपालमा बसोबास गर्ने बङ्गाली समुदायको भाषा,संस्कृतिको जगेर्ना तथा विकासका लागि संस्था गठन गरेको बताए। अध्यक्ष सरकारले राज्यको हरेक निकायमा सामान पहुँचका लागि पनि समाजको गठन आवश्यक रहेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको नेपाल राष्ट्रिय बंगला समाजको अध्यक्षमा पर्थो सरकार,सहितको कार्य समितिमा किरण कुमारी सरकार, दीपक भट्टाचार्य, चन्दना सेन गुप्ता, विद्यानदा नुन्दी, प्रमोद कुमार चक्रवर्ती, किरण शंकर सरकार, रिया बनर्जी र पितास हल्दर रहेका छन्।
