राजविराज।सप्तरीको बोदेबर्साईन नगरपालिका १० अमरैयामा मंगलबार चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । स्थानीय बर्ष ५५ को भोला साह र उनको छोरी बर्ष १८ की मधु कुमारी साहको चट्याङ लागेर ज्यान गएको हो ।
बुवा छोरी दुबै जना सँगै आफ्नै खेतमा धान गोडीरहेको अवस्थामा विहान १०: ०० बजे चट्याङ लागी दुबै जनाको खेतमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
स्थानीयले चट्याङ लागेर खेतमा लडिरहेको देखेर प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय .कडरवोनाबाट प्रहरी घटना स्थल पुगी हेर्दा दुबैजनालाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतक दुबैजनाको शव परिक्षणपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाएको तथा घटना बारे थप अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले बताए ।
मंगलबार बिहान भारी बर्षासंगै खसेको चट्याङ लागेर कञ्चनरुप नगरपालिकाकी दुखनी देवी विश्वकर्मा समेत गम्भीर घाइते भएकी छिन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर