
राजबिराज,८ माघ ।
आम जनता पार्टी सप्तरी जिल्ला कमिटीद्वारा आयोजित बैंकिंग तथा वित्तीय संस्थाको ठगी तथा लुटको विरुद्ध बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता युवा प्रतिभा सुनिल राज दास र सञ्चालन आईटी आर्मीका उपाध्यक्ष तथा राजगढ गाउँपालिकाका कम्प्युटर अपरेटर दिलिप साहले गर्नुभएको थियो भने पार्टी प्रवक्ता चन्द्र भुषण साह, प्रदेश अध्यक्ष उमेश कुशवाहा, आम महिला मोर्चाको अध्यक्ष कुमारी बबिता, केन्द्रीय सदस्यहरु इन्जिनियर प्रमोद राणा, ई. प्रेम साह, लुघुवित पीडित परिवारका जिल्ला अध्यक्ष सावित्री देवी चौधरी, सञ्जीव साह, उपाध्यक्ष देव कुमारी सेन्चुरी लगायतका व्यक्तित्वहरुको उपस्थिती समेत रहेको थियो ।
आजको ऐतिहासिक अन्तरक्रियाले बैंकहरुले लुटेको मनोमानी ब्याज फिर्ता, लघुबित्त र सहकारीबाट लिएको कर्जा माफी तथा आम सर्वसाधारण जनतालाई सहज कर्जा उपलब्ध गराउनका लागी यहीं माघ ११ गतेको दिन पूर्व घोषित मधेश प्रदेश बन्दको कार्यक्रम सफल पार्न सबैले आ-आफ्नो स्थान र स्तरबाट सक्रिय साथ, सहयोग र सहभागिता जनाउने दृढ़ अठोट एवं प्रतिबद्धता सहित सम्पन्न भएको छ ।