
दक्षिण भारतीय अभिनेत्री ममता मोहनदासले आफू ‘अटोइम्युन’ रोगबाट पीडित भएको बताएकी छन्। ममताले आफूलाई ‘भिटिलिगो’ भएको बताइन्। क्यान्सरबाट ग्रसित ममताले अर्को रोग ‘अटोइम्युन डिजिज भिटिलिगो’ लागेको बताएकी छन्। उनले एक सेल्फी सेयर गर्दै आफ्नो रंग हराइरहेको उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, ‘धेरै ठाउँहरु, म मेरो रंग गुमाउँदै छु। म बिहान तिम्रो अगाडि उठ्छु। धुवाँबाट निस्केको पहिलो प्रकाशको किरण हेर्न। तिमीसँग भएका सबैथोक देऊ… म तिमीप्रित आभारी छु ।’ उनले पोस्टमा सूर्यको किरणलाई सम्बोधन गरेकी छन्।

ममताले उक्त पोस्टमा रंग, अटोइम्युन रोग, भिटिलिगो र सूर्यको प्रकाश ह्यासट्याग प्रयोग गरेकी छन्। उनको यो पोस्टमा प्रतिक्रिया दिँदै अभिनेत्री रेबा मोनिका जोनले लेखेकी छन्, ‘तिमी लडाकु हौ र सुन्दर छौ।’ यही पोस्टमा ममताका फ्यानले लेखेका छन्, ‘तिमी लडाकुका साथै प्रेरणा पनि हौ। तिमीलाई पक्कै ठीक हुने छ। भगवान्ले तिम्रो कल्याण गरुन्।’
ममताले आफू क्यान्सरग्रत भएको समयमा एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म यो रोगअघि जति बलियो थिएँ, त्यो भन्न सक्दिनँ। म त्यो मान्छे थिएँ, जसलाई कुनै कुराको चिन्ता थिएन। समस्या जस्तोसुकै होस्। तर जीवनमा पहिलोपटक म डराएको छु। सकारात्मक रहनुहोस्, यो भन्न सजिलो छ।’
उनले अमेरिकामा गएर क्यान्सरको उपचार गराएकी थिइन्।