एसपी यादव/सर्लाही, साउन ९ गते । भारतबाट नेपालतर्फ स्रोत नखुलेको नेपाली रकम ल्याउँदै गरेका दुई जनालाई सर्लाही प्रहरीले रु. ५ लाख नगदसहित पक्राउ गरेको छ ।

निमित्त सर्लाहीका प्रहरी प्रवक्ता एवं इन्सपेक्टर गणेश पाण्डेका अनुसार, शुक्रबार भारतको सोनवर्षाबाट मलंगवातर्फ भारतीय नम्बर बीआर ३० एच १९६९  को मोटरसाइकलमा हुण्डी कारोबारमार्फत रकम ल्याइँदै गरेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । मलंगवा नगरपालिका-९ स्थित कृष्णामती मावि अगाडी सवारी चेक जाँचका क्रममा मोटरसाइकल रोक्न खोज्दा चालक भाग्ने प्रयास गरेका थिए । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा स्रोत नखुलेको नेपाली रु. ५ लाख नगद, एउटा रेड्मि कम्पनीको मोबाइल फोन र मोटरसाइकल बरामद गरेको इन्सपेक्टर पाण्डेले बताएको छ ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका-४ निवासी वर्ष ३६ का बिकाउ महतो र रामनगर गाउँपालिका-१ निवासी वर्ष २४ का रुपेश कुमार यादव रहेका छन् ।

प्रारम्भिक अनुसन्धानका आधारमा पक्राउ परेका दुवै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र सर्लाही जिल्ला अदालतबाट हुण्डी मुद्दामा ५ दिनको म्याद लिइ घटनाबारे थप अनुसन्धान भइरहेको इन्सपेक्टर पाण्डेले जनाएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर