काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्ला तथा निकायमा कार्यरत आठ जना सहसचिव र उपसचिवहरूको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयले मिति २०८३ साल असोज १२ गते गरेको निर्णयअनुसार पदस्थापन तथा सरुवा हुने कर्मचारीहरूको विवरण यसप्रकार रहेको छः
-
विनु वज्राचार्य कुँवर: जिल्ला प्रशासन कार्यालय, रामेछापका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

-
शान्ति राज प्रसाईं: जिल्ला प्रशासन कार्यालय, प्युठानका प्रमुख जिल्ला अधिकारीलाई जिल्ला प्रशासन कार्यालय, सिराहाको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ।
-
मोतीराम सापकोटा: गृह मन्त्रालय वा अन्तर्गतका सहसचिवलाई जिल्ला प्रशासन कार्यालय, गुल्मीको प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापना गरिएको छ।
-
जनार्दन गौतम: जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
-
तुल्सी बहादुर श्रेष्ठ: गृह मन्त्रालय वा अन्तर्गतका सहसचिवलाई जिल्ला प्रशासन कार्यालय, डोटीको प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापना गरिएको छ।
-
कल्पना घिमिरे नेपाल: जिल्ला प्रशासन कार्यालय, डोटीका प्रमुख जिल्ला अधिकारीलाई उपसचिव (रा.प. द्वितीय) को रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
-
भक्तीराम मरासिनी: गृह मन्त्रालय वा अन्तर्गतका उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारी (रा.प. द्वितीय) को रूपमा जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीमा पदस्थापना गरिएको छ।
-
नेत्र प्रसाद घिमिरे: जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारीलाई उपसचिव (रा.प. द्वितीय) को रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।







