राजविराज,०८असोज । मौसमको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै जनमत पार्टीले आफ्नो महाधिवेशनको मिति परिवर्तन गरेको छ। यसअघि असोज ८ देखि १२ गतेसम्म पर्साको वीरगञ्जमा गर्ने भनेर निर्धारण गरिएको महाधिवेशन अब आगामी असोज १७ गतेसम्मका लागि सारिएको छ।
पार्टीका सचिवालय प्रमुख राजेशकुमार मण्डलका अनुसार मौसममा आएको प्रतिकुलताका कारण महाधिवेशनको मिति हेरफेर गर्नु परेको हो। यद्यपि, महाधिवेशनका लागि यसअघि नै सम्पूर्ण तयारी तथा प्रक्रियाहरू पूरा भइसकेकाले ती सबै प्रक्रियाहरू भने यथावत नै रहने पार्टीले स्पष्ट पारेको छ।








