राजविराज,६असोज । छापा माध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापनमा भारी कटौती गर्ने गरी सरकारले कार्यविधि संशोधन गरेको विरोधमा नेपाल पत्रकार महासंघले देशभरका जिल्ला हुलाक कार्यालयमार्फत विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले सप्तरी जिल्ला हुलाक कार्यालयका प्रमुख पुरुषोत्तम साहलाई ज्ञापनपत्र बुझाएको हो।

महासंघद्वारा बुझाइएको ज्ञापनपत्रमा संघीय संसद्बाट पारित भई बजेट कार्यान्वयनमा आइसकेको अवस्थामा त्यससँग बाझिने गरी कार्यविधि ल्याइनुले सञ्चार क्षेत्रप्रति सरकारको अनुदार दृष्टिलाई प्रष्ट्याएको उल्लेख छ। सरकारको यो विभेदकारी नीति खारेज नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने चेतावनी दिँदै महासंघले विज्ञापन बोर्डलाई विज्ञापन बापतको बिल बुझ्ने कार्य रोक्न र यसको जानकारी माथिल्लो निकायमा गराउन हुलाक कार्यालयलाई आग्रह गरेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर