काठमाडौँ — सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा निधन भएका २२ वर्षीय रविन्द्र मेहताको परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा दुई पक्षबीच औपचारिक छलफल अघि बढेको हो।

गत साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका मेहताको आजै शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। मृतकका परिवारले सम्झौता र प्रतिबद्धता नभएसम्म शव नबुझ्ने अडान लिएपछि गृहमन्त्री आफैँ वार्ताका लागि अस्पताल पुगेका हुन्।

यसैबीच, गृहमन्त्री गुरुङले आजै गृह मन्त्रालयमा हिन्दु तथा मुस्लिम समुदायका अगुवाहरूसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो। उक्त भेटघाटमा मुलुकका विभिन्न भागमा देखिएका पछिल्ला घटनाक्रम, शान्ति सुरक्षाको अवस्था र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने विषयमा गहन विचारविमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर