काठमाडौं — अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई रिहा गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा सुरक्षा निकायका पूर्वउच्च अधिकारी र कलाकारसहित तीनजना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलका पूर्व वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालबहादुर गुरुङ, कलाकार नारदप्रसाद खतिवडा र बिक्रम बहादुर थापा रहेका छन्।

प्रहरीका अनुसार अध्यागमनको हिरासतमा थुनिएका नौजना चिनियाँ नागरिकलाई छुटाउने भन्दै उनीहरूले ७२ लाख रुपैयाँमा आर्थिक लेनदेनको सम्झौता (डिल) गरेका थिए। सोही क्रममा उनीहरूले पेस्कीस्वरूप नौ लाख रुपैयाँ लिइसकेको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका तीनै जनावա माथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर