एसपी यादव/सर्लाही, जेठ २० गते । सर्लाही प्रहरीले १० ग्राम ब्राउन सुगर (खैरो हिरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागमती नगरपालिका-८ गान्धीचोकका ३० वर्षीय अरुण लामा र धनुषाधाम नगरपालिका-७ धनुषा घर भएका ३० वर्षीय सनम लामा रहेका छन् ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेद प्रसाद गौतमका अनुसार, गोप्य सूचनाका आधारमा बागमती नगरपालिका-८ गान्धीचोकस्थित अरुण लामाको घरमा छापा मार्दा लुकाई छिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन) मंगलवार बरामद गरिएको हो । बरामद सामग्रीमा प्लास्टिकसहित अन्दाजी १० ग्राम ब्राउन सुगर, तीन थान एन्ड्रोइड मोबाइल फोन र नगद २३ हजार ७७० नेपाली रुपैयाँ तथा ९ सय भारतीय रुपैयाँ फेला परेको उनले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई लागुऔषध मुद्दामा थप अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इप्रका बरहथवाबाट अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी गौतमले बताएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर