काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष हालै सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सहितको विस्तृत प्रतिवेदन पेश गरेको छ। बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच आयोगले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्दै प्रतिवेदन हस्तान्तरण गरेको हो।

राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाउन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबराका साथै आयोगका सचिव कृष्ण बहादुर राउत लगायतका पदाधिकारीहरू शीतल निवास पुगेका थिए। आयोगले निर्वाचनको समग्र परिणाम, निर्वाचित सदस्यहरूको विवरण र मतदानको तथ्याङ्कीय विश्लेषण सहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको हो।

निर्वाचन आयोगले प्रतिवेदन बुझाएसँगै अब मुलुकमा नयाँ सरकार गठन र संसदीय प्रक्रिया अघि बढाउने संवैधानिक बाटो प्रशस्त भएको छ। आयोगको यो प्रतिवेदन प्राप्त भएपछि अब राष्ट्रपतिले नयाँ संसदको अधिवेशन आह्वान गर्ने र संविधानको व्यवस्था बमोजिम नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने प्रक्रिया सुरु हुनेछ। प्रतिवेदनको अध्ययन पश्चात् राष्ट्रपति पौडेलले आगामी केही दिनभित्रै यी प्रशासनिक तथा राजनीतिक प्रक्रियाहरूलाई अघि बढाउने बुझिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर