फागुन २२, मुस्ताङ । प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ। नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली भारी मतान्तरले विजयी हुँदै लगातार दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार थकालीले ३,३०७ मत प्राप्त गरी विजय हासिल गरेका छन्।

मुख्य प्रतिस्पर्धीहरूको मत विवरण:

उम्मेदवार राजनीतिक दल प्राप्त मत
योगेश गौचन थकाली नेपाली कांग्रेस ३,३०७ (विजयी)
इन्द्रधारा विष्ट नेकपा एमाले १,८०६
अधितीय चन्द्र थकाली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७५९

योगेश गौचनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधारा विष्टले १,८०६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मतमा चित्त बुझाएका छन्। मुस्ताङको यो जितसँगै कांग्रेसले देशभरको चुनावी नतिजामा आफ्नो पहिलो स्थान सुरक्षित गरेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर