काठमाडौं, २२ फागुन प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देखाएको अप्रत्याशित र प्रभावशाली प्रदर्शनलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘जनताको शान्त विद्रोह’ का रूपमा व्याख्या गरेका छन्। मतपरिणामको प्रारम्भिक ट्रेन्ड सार्वजनिक भइरहँदा डा. भट्टराईले यसलाई सुशासन र समृद्धिको तृष्णा मेटाउने प्रयासका रूपमा अर्थ्याएका हुन्।

के भने भट्टराईले?

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै डा. भट्टराईले रास्वपाको पक्षमा देखिएको जनलहरलाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन्। उनले लेखेका छन्:

“ऐतिहासिक जेनजी (Gen-Z) विद्रोहपछिको यो विशिष्ट परिस्थितिमा नवोदित दल रास्वपाको पक्षमा देखिएको देशव्यापी जनलहर, मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नका लागि आमजनताले गरेको शान्त विद्रोहको अभिव्यक्ति हो। यसलाई सबैले स्वीकार्नै पर्छ।”

नेतृत्वलाई शुभकामना

भट्टराईले रास्वपाको नेतृत्व टिमलाई बधाई दिँदै देशका विद्यमान आन्तरिक अर्थ-राजनीतिक र बाह्य भू-राजनीतिक जटिलताहरूलाई व्यवस्थापन गर्दै जनताको अपेक्षा पूरा गर्न पूर्ण सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर