सर्लाही, फागुन २१ गते । सर्लाहीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष उम्मेदवार रहेका नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य महेन्द्र राय यादवले मतदान गरेका छन् ।

नेता यादवले बिहानै हरिपुर्वा नगरपालिका-९, रामजानकी मठमन्दिर बसन्तपुर मतदान केन्द्रबाट मतदान गरेका हुुन् ।

बिहान मतदान केन्द्र पुगेका नेता यादवले, शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न सबै मतदाताहरुलाई आग्रह गरेका थिए ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको उल्लेख्य उपस्थितिसहित मतदान भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर