हेटौँडा । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीकी तत्कालीन केन्द्रीय सदस्य विद्या श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिँदै आगामी निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएकी छिन् । उनले धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रने निर्णय गरेकी हुन् ।

हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्यको विरोधमा सक्रिय रहँदै आएकी श्रेष्ठको उम्मेदवारीलाई स्थानीय स्तरमा अर्थपूर्ण रूपमा हेरिएको छ । उम्मेदवारी दर्ताका क्रममा उनको प्रस्तावकमा ममता प्रधान र समर्थकमा प्रविन कुमार रजक रहेका थिए ।

पुरानो राजनीतिक आबद्धता त्यागेर नयाँ दलमार्फत निर्वाचनमा होमिएकी श्रेष्ठले हेटौंडाको स्थानीय मुद्दा र श्रम संस्कृतिको एजेण्डालाई मुख्य चुनावी मुद्दा बनाउने देखिएको छ । उनको यो कदमसँगै मकवानपुर–१ को चुनावी प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर