सप्तरी,१७ पुस । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कडरबोना खण्डमा बिहीबार दुईवटा विंगर (माइक्रो बस) एक आपसमा ठोक्किँदा १२ जना यात्रु घाइते भएका छन् ।

सिरहाको लहानबाट पूर्वतर्फ जाँदै गरेको ना १ ज ६२५२ नम्बरको विंगर र विपरीत दिशा राजविराजबाट लहानतर्फ आउँदै गरेको प्रदेश ०१–०२–००१ ज ३८२७ नम्बरको विंगर कडरबोनामा एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएका १२ जनाकै अहिले लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमध्ये ५ जना लहानस्थित सफ्टेक कलेजका विद्यार्थी रहेका छन् । उनीहरू बीबीएस (BBs) को परीक्षा दिन सप्तरीको कल्याणपुरतर्फ गइरहेका बेला दुर्घटनामा परेका हुन् ।

दुर्घटनाका घाईते श्रीचरण यादवका अनुसार चालकले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका कारण दुर्घटना भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ र सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर