फाइल तस्वीर ।

उदयपुर, १२ पुस । उदयपुरबाट ठूलो परिमाणको गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

चौदण्डीगढी नगरपालिका–अन्तर्गत मदन भण्डारी सडक खण्डबाट ७५० किलो गाँजासहित को१ज ३४५६ नम्बरको जिप प्रहरीले नियन्त्रणमा लिएको हो। जिपमा लोड गरिएको अवस्थामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता केदारमान दोङले जानकारी दिए।

प्रहरीका अनुसार जिप चालक बेलटार नगरपालिका–६ निवासी रवीन राई र रामबहादुर राईलाई पक्राउ गरिएको छ। बरामद गाँजा र सवारीसाधनसहित उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर