नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्बा श्रेष्ठ शुक्रबार मन्त्रालयमा कार्यभार सम्हाल्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गरेकी छन्।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठले पदभार सम्हालेकी हुन्।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी श्रेष्ठ दुई दशकदेखि नेपाली पर्यटन क्षेत्रसँग आबद्ध व्यक्ति हुन्। पछिल्लो समय  टुरिजम बोर्डकी सिनियर म्यानेजर रहेर उनले एशिया र ओसानिया युनिटमा काम गरिरहेकी थिइन्।

 

अमेरिकी स्टेट डिपार्टमेन्टको हम्फे फेलो, उनीसँग दीगो पर्यटन विकासका क्षेत्रमा काम गरेको अनुभव पनि छ।

मन्त्रीको रूपमा अब उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नीति, योजना तथा तिनको कार्यान्वयनको काम हेर्नुपर्नेछ।

 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर