काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताबीच आज बालुवाटारमा छलफल जारी रहेको छ।
सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसँगै सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन्। एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला छलफलमा सहभागी छन्।

प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ, फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचन केन्द्रित भएर सरकारले दलहरूसँग संवाद अघि बढाइरहेको छ।






