काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न अध्यक्ष ठाकुरलाई सक्दो सहयोग गर्न आग्रह गरे।

अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल भइरहेको जानकारी दिएका छन्। उनले भने, “हामी स्पष्ट छौं। चुनावमा भाग लिनुपर्छ, लिन्छौं नै। चुनाव नै अबको एक मात्र निकास हो।”
त्यसैगरी, अध्यक्ष ठाकुरले तराई–मधेसको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह पनि गरे।






