राजविराज — ठगीसम्बन्धी मुद्दामा फरार रहेका रामसबु यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अदालतको फैसलापछि लामो समयदेखि लुकेर बसेका यादवलाई फेला पारी पक्राउ गरेको प्रहरीको भनाइ छ।

सप्तरीको रुपनी गाउँपालिका वडा नं १ बस्ने यादवलाई जिल्ला अदालत सप्तरीले झुठा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दामा रु ५० हजार जरिवाना र ६ महिनाको कैद सजाय तोकेको थियो।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर