काठमाडौँ — अयोध्यास्थित राम जन्मभूमि राम मन्दिरमा आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का अध्यक्ष मोहन भागवतको विशेष उपस्थितिमा भगवा ध्वज आरोहण गरिने भएको छ। भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै समारोहका सबै तयारी पूरा भएको बताएका छन्।

आज भगवान श्रीराम र माता सीताको विवाह दिवसको स्मरणमा नेपाल, भारत तथा विश्वभरका हिन्दू समुदायले विवाहपञ्चमी महोत्सव भव्य रूपमा मनाइरहेका छन्। विशेषगरी जनकपुरमा सीता–रामको स्वयंवर, तिलक लगायतका परम्परागत वैवाहिक कार्यक्रम सञ्चालन हुँदै आएको छ।

विवाहपञ्चमी महोत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट साधु–सन्तको आगमन जारी छ। राम जन्मभूमि, अयोध्याबाट जन्ती रूपमा आउने साधु–सन्तको परम्परा पनि सदियौँदेखि निरन्तर रहँदै आएको स्थानीयहरू बताउँछन्।

धार्मिक र सामाजिक सम्बन्धले नेपाल–भारत बीचको आपसी निकटता अझ प्रगाढ हुँदै गएको स्थानीय धार्मिक अगुवाहरूको भनाइ छ।



कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर