मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव
काठमाडौँ ।  मधेश प्रदेशमा हालै नियुक्त मन्त्रीहरूलाई औपचारिक रूपमा कार्य जिम्मेवारी तोकिएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंसिर ८ गतेदेखि लागू हुने गरी मन्त्रालयहरूको कार्य-विभाजन निर्धारण गरेका हुन्।

मुख्यमन्त्री यादवले मुुख्यमन्त्रीको कार्यालयसहित ९ मन्त्रालयको जिम्मेवारी लिएका छन्।

मन्त्रीहरूको जिम्मेवारी यस प्रकार तय गरिएको छः

१. मुख्यमन्त्री सरोज कुमार यादव
-मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
-भौतिक पूर्वाधार विकास मन्त्रालय
-भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
-उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय
– शिक्षा तथा संस्कृति मन्त्रालय
– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
-अर्थ मन्त्रालय
-खेलकुद तथा समाज कल्याण मन्त्रालय
– श्रम तथा यातायात मन्त्रालय

२. मन्त्री लखन दास तत्मा
-ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय

३. मन्त्री बिमला अंसारी तरन्नुम
– गृह, सञ्चार तथा कानून मन्त्रालय

४. मन्त्री कंचन बिच्छा
– वन तथा वातावरण मन्त्रालय

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर