जनकपुरधाम — संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय सभा र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा साझा उम्मेदवारीसहित चुनावी गठबन्धनको रूपमा अघि बढ्ने निर्णय गरेको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बबरमहलस्थित केन्द्रीय कार्यालयमा मंसिर ६ गते बसेको बैठकले मोर्चाका सबै घटक दलहरू मिलेर नै निर्वाचनमा उत्रने निष्कर्ष निकालेको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए।

बैठकपछि जारी विज्ञप्तिमा अध्यक्ष ठाकुरले आसन्न निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न होस् भन्ने माग सरकारसमक्ष राखेका छन्।

मधेशको मुद्दामा साझा धारणा बनाएर सरकारलाई दबाब सिर्जना गर्ने उद्देश्यसहित गठित सात दलको मोर्चा अब निर्वाचन मोर्चामा पनि एकताबद्ध रूपमा अघि बढ्ने भएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर