राजविराज, ५ मंसिर सप्तरी प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गर्दै एक युवकलाई नियन्त्रणमा लिएको छ। फत्तेपुर–भारदह सडकखण्डअन्तर्गत कञ्चनरुप नगरपालिका–२ बरमझियाबाट बिहीबार राति ९ सय ७८ किलो गाँजासहित धरान उपमहानगरपालिका–१३ का २५ वर्षीय संजय श्रेष्ठ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले नेतृत्वको संयुक्त टोलीले विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा उनीसहित गाँजा बरामद गरेको हो। टोलीले राति करिब १०स्३० बजे पूर्व–पश्चिम राजमार्गमै बरमझियामा ना ५ ख ५३५ नम्बरको ट्रक रोकेर जाँच गर्दा २८ बोरा प्लास्टिकमा प्याक गरिएको अवस्थामा गाँजा फेला पारेको जनाएको छ।

 

प्रहरीले ट्रक, गाँजा र चालक श्रेष्ठलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत सप्तरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रवक्ता डीएसपी पुरीले बताए।

यसअघि पनि पटक–पटक ठूलो परिमाणमा गाँजा बरामद भएपनि संलग्न मुख्य व्यक्ति पक्राउ पर्न नसक्दै आएका थिए। कुख्यात गाँजा तस्कर जगानन्द मण्डल पक्राउ परेपछि लामो समयपछि यति ठूलो परिमाणको गाँजा समातिएको हो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर