काठमाडौं ५ मंसिर। नेपाली कांग्रेसका युवा नेता तथा संविधान सभा सदस्य रणजीत कर्णले पार्टीभित्र देखिएको अनिश्चितताप्रति कडा टिप्पणी गरेका छन्।

देशमा राजनीतिक संकट गहिरिँदै गएको र लोकतन्त्र समेत जोखिममा परिरहेको अवस्थामा कांग्रेस जस्तो जिम्मेबार दलले केन्द्रीय समिति बैठक सञ्चालन गर्न नसक्नु गम्भीर लापरवाहीको संकेत भएको उनले आरोप लगाए।

कर्णका अनुसार अत्यावश्यक राजनीतिक निर्णय गर्नुपर्ने संवेदनशील समयमा बैठक स्थगित हुँदै जानु नै पार्टी उल्टो दिशातर्फ अघि बढेको स्पष्ट संकेत हो।

‘देश संकटमा छ, लोकतन्त्र अप्ठ्यारो अवस्थामा छ। तर यस्तो बेला कांग्रेस नेतृत्व बैठक बस्नसमेत नसक्नु चिन्ताजनक हो, कर्णले भने।

उनले पार्टीले चाँडै महाधिवेशन घोषणा गरी आन्तरिक निर्वाचनसम्बन्धी प्रक्रियामा अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिए। कर्णका अनुसार समयमै नेतृत्व चुन्ने प्रक्रियाले मात्र मुलुकलाई स्थिरता दिलाउन र लोकतान्त्रिक मूल्य–मान्यतालाई जोगाउन सहयोग पुग्नेछ।

‘कांग्रेसले आफूलाई लोकतन्त्रको प्रहरी भन्न खोज्ने हो भने अब ढिलाइ गर्ने समय छैन,कर्णले भने।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर