काठमाण्डौं । सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच जना प्रदेशसभा सदस्यलाई तत्काल पदमुक्त नगर्न आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई उक्त पाँच सांसदलाई प्रदेशसभा सदस्यबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो।
कात्तिक २७ गते सभामुख मण्डलले जनता समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीकी एक गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए। पदमुक्त हुनेमा जसपाका सांसद—

मनीष कुमार सुमन
संजय कुमार यादव
सिंहासन साह कलवार
सारदा शंकर साह कलवार
र नागरिक उन्मुक्ति पार्टीकी सांसद—
उर्मिला सिंह — रहेकी थिइन्।
सभामुखको निर्णयविरुद्ध उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।






