राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं

काठमाडौँ, — राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेका छन् । छठ पर्व सम्पन्न भएपछि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने तयारीमा रहेका प्रसाईंसँग उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा भेटघाट गरी छलफल गरेका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार प्रसाईंले गर्ने भनिएको आन्दोलनका विषयमा सुरक्षाका दृष्टिकोणबाट छलफल गरिएको हो ।
“उहाँले गर्ने भनिएको आन्दोलनलाई लिएर सुरक्षासम्बन्धी विषयमा छलफल गरियो,” घिमिरेले भने, “उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू उपस्थित थियौँ । शान्ति सुरक्षामा असर नपर्ने गरी प्रदर्शन गर्न पाइने अधिकार नै हो, त्यसअनुसार गर्न सुझाव दिइयो ।”

घिमिरेका भनाइमा सरकारले आन्दोलनको तयारी गरिरहेको पक्षलाई वार्तामा बोलाइसकेको र वार्तामार्फत माग सम्बोधन गर्ने तयारी भइरहेको छ ।
प्रसाईं र प्रमुख जिल्ला अधिकारीहरूबीच करिब ४५ मिनेटसम्म छलफल भएको जनाइएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर