काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार क्षेत्रनजिकैबाट प्रहरीले सात किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतका २५ वर्षीय हरगोविन्द सिंह, १९ वर्षीय समीर र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका छन्। प्रहरीले उनीहरूको साथबाट जम्मा सात किलो २९५ ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार हरगोविन्द र समीर एयर एसियाको उडानमार्फत थाइल्यान्डको बैंककबाट काठमाडौं आएका थिए। उनीहरूका झोलामा तीन किलो ६४० ग्राम गाँजा फेला परेको थियो।
यस्तै, इन्डिगो एयरको उडानमार्फत मुम्बईबाट काठमाडौं आएका अहमद सम्पदको साथबाट तीन किलो ६५५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।






