काठमाडौं — लक्ष्मीपूजाको दिन मुलुकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न नेपाल विद्युत प्राधिकरण सफल भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सोमबार साँझ प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको निरीक्षण गर्दै विद्युत् माग र आपूर्ति व्यवस्थापनको अवस्था बुझेका थिए ।

विगत वर्षझैँ यस वर्ष पनि लक्ष्मीपूजाको दिन उच्च मागका बेला समेत कुनै अवरोध नआएको प्राधिकरणले जनाएको छ । मुलुकभरका वितरण केन्द्र र विद्युत गृहमा प्रमुख तथा प्राविधिक कर्मचारी तयारी अवस्थामा राखिएका थिए ।

२०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङ नेतृत्वको टोलीले सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुआत गरेको थियो । त्यसयता प्राधिकरणले लगातार रूपमा चाडपर्वका दिन समेत स्थिर र नियमित विद्युत् आपूर्ति गर्न सफल हुँदै आएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर