काठमाडौँ – जेनजी आन्दोलनपछिको ठूलो क्षति र उत्तेजनापछि सेना सक्रिय भएको छ। गत भदौ २३ र २४ गते भएको प्रदर्शनबारे वस्तुस्थिति बुझ्न सेनाले गणपतिहरूलाई जङ्गी अड्डामा बोलाएर सोधपुछ सुरु गरेको छ।

स्रोतका अनुसार, सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल) गणेश खड्का, भवानीबस गण तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कुल शिव भडेललाई सोधपुछका लागि बोलाइएको थियो।

सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतका अनुसार, भविष्यमा यस्ता प्रदर्शन हुन सक्ने अनुमानका आधारमा गणपतिहरूसँग आवश्यक पृष्ठपोषण लिइरहेको सेनाले जनाएको छ। उनले थपे, “सुरक्षा चुनौती सामना गर्न आवश्यक तयारी र सूचना संकलनको काम भइरहेको छ।”

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर