काठमाडौं — जेनजी आन्दोलनका कारण भौतिक रूपमा ठूलो क्षति व्यहोरेको चौधरी समूह (सीजी) ले आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।

सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएका हुन्। उनले यो कदम आफूहरूको बाचा मात्र नभई गहिरो कर्तव्य र श्रद्धा भएको बताएका छन्।

“हामीले देशका लागि ज्यान अर्पण गर्ने सहिदहरूका परिवारसँग ऐक्यबद्धता जनाउँदै प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेका छौं,” चौधरीले लेखेका छन्।

यसका लागि चौधरी ग्रुपले इच्छुक सहिद परिवारलाई सम्पर्क गर्न अनुरोध गरेको छ। समूहका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई ९८५१२२४००० मा सम्पर्क गर्न सकिने सीजीले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर