राजविराज,२२ असोज । जेनजी युवाहरुले राजविराज विमान स्थलमा रहेको भिआईपी कक्ष बन्द गराएका छन।

पूर्व निर्धारित कार्यक्रम अनुसार यूवाहरुले आज बिहान ११ बजे बिमान स्थल पुगी भिआईपी कक्ष बन्द गराएका हुन ।

जेन जी युवाहरुको पूर्व निर्धारित कार्यक्रम रहेको थाहा पाएपछि तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाले राजविराज विमान स्थलमा सुरक्षा बढाएका थिए ।

समूहमा गएका युवाहरुलाई प्रहरीले विमान स्थलको मुख्य प्रवेश द्धारमै रोकेका थिए । युवाहरुको तर्फबाट उनीहरुका प्रतिनिधि मोहन यादव र मोहम्द मुस्तकिमलाई मात्र प्रवेश दिएको थियो ।

उनीहरुसँगै नेपाली सेना र नेपाल प्रहरीले भिआईपी कक्षको ढोकाबाट भिआईपी कक्ष बन्द रहेको देखाएर फर्काएका थिए ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर