जनमत पार्टीका नेता सतिश कुमार सिंहको सरकार अल्पमतमा परेसँगै मधेशमा नयाँ सरकार गठनको कसरत शुरू भएको छ । खासगरी अबको मुख्यमन्त्रीका लागि पूर्वमुख्यमन्त्री सरोज यादव, पूर्व मन्त्रीद्वय जितेन्द्र प्रसाद सोनार (सोनल) र कृष्णप्रसाद यादवबीच तीब्र प्रतिस्पर्धा छ ।

पूर्वमुख्यमन्त्री यादव जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता हुन् । पूर्व मन्त्री सोनल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ उपाध्यक्ष र मधेश प्रदेशको अध्यक्ष पनि हुन् ।

उनी पहिले त्यस पार्टीमा संसदीय दलका नेता रहेपनि अहिले भने उक्त पार्टीको संसदीय दलको नेता जयनुल राइन हुन् । त्यसैगरी, अर्का पूर्वमन्त्री कृष्ण प्रसाद यादव कांग्रेसको संसदीय दलका नेता र कांग्रेस मधेश प्रदेशका सभापति हुन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर