जनकपुरधाम, असोज १९ — मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वर्षा र बाढीबाट सिर्जित परिस्थितिलाई चुनौतीपूर्ण भन्दै नागरिकलाई सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

मुख्यमन्त्री सिंहले आइतबार एक विज्ञप्ति जारी गर्दै विपद्को समयमा सुरक्षा निकायहरू पूर्ण रूपमा सक्रिय र नागरिकको सुरक्षाप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

“प्रदेश सरकार अन्तर्गतका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई संवेदनशीलता बुझी जिम्मेवारीपूर्वक सेवा प्रवाहमा सक्रिय रहन निर्देशन दिइएको छ,” विज्ञप्तिमा भनिएको छ।

सिंहले प्रभावित क्षेत्रमा राहत, उद्धार र सहयोग कार्यहरू निरन्तर भइरहेका जानकारी दिँदै कुनै अमूल्य मानव जीवनको क्षति नहोस् भन्ने कामनासमेत गरेका छन्।

“यो कठिन घडीमा प्रदेश सरकार तपाईंका साथ छ। हामी सबै मिलेर यो विपद् पार गर्नेछौं,” उनले भने, “एक अर्काको सहयोग र एकताको भावना हाम्रो सबैभन्दा ठूलो शक्ति हो। सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्।”

मुख्यमन्त्री सिंहले प्रदेश सरकार राहत, उद्धार र पुनःस्थापनाका प्रत्येक चरणमा नागरिकसँगै रहेको स्पष्ट पारेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर