काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
शर्मालाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार ललितपुरको बखुनडोलबाट पक्राउ गरेको एसएसपी रमेश बस्नेतले जानकारी दिए।

शर्मा जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए।






