
उदयपुर,१९ असोज । उदयपुरको त्रियुगा नगरपालिका-५, दमौटीमा खोलाले बगाउँदा बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खोलाले बगाउँदा उजन राईकी छोरी ३ वर्षीया रेबिका राईको मृत्यु भएको हो।

शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा अम्बिका खोलाले बगाएको हो।
बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्म लगाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको उदयपुर जिल्ला प्रहरी कार्यालयरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए।