मेरिल्याण्ड (अमेरिका) । ‘छक्कापञ्जा कमेडी टूर’ लिएर अमेरिका भ्रमणमा रहेका कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपालले टेक्सासमा भब्य प्रस्तुति दिएका छन् ।
त्यहाँको इर्भिङमा आयोजित भव्य ‘मःम फेस्टिभल २०२५- दशैंतिहार मेला’मा उनीहरूले प्रस्तुति दिएका हुन् । उनीहरूले ‘छक्कापञ्जा’ फिल्मका हिट गीतमा नाच्दै दर्शकलाई मनोरञ्जन दिए ।

टेक्सासपछि अन्य अमेरिकी राज्यमा प्रस्तुति दिने तयारी रहेको जनाइएको छ । उक्त कार्यक्रममा दीपक, दीपा, जितुसहित कलाकार प्रेमराजा महत, अस्मिता अधिकारी, महेश काफ्लेले पनि गायन प्रस्तुति दिए ।













