काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभर आकाश सामान्यतया बदली रहने जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा पर्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज राति भने कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहने र कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनीका थोरै स्थानमा मध्यम वर्षा पर्ने सम्भावना देखिएको छ। बाँकी भू-भागका एक–दुई स्थानमा पनि वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर