काठमाडौँ,२६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले देश संवेदनशील मोडमा रहेको बताउँदै समस्या समाधानका लागि संवैधानिक दायराभित्र रहेर अघि बढ्न आह्वान गरेका छन्।
शुक्रबार सार्वजनिक सन्देशमार्फत राष्ट्रपति पौडेलले मुलुकलाई संकटबाट निकाल्न संवैधानिक दायरा नछाड्नुपर्नेमा जोड दिएका छन्। लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम राख्न आफू निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै उनले आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न पनि सरकारलाई सचेत गराएका छन्।

‘चाँडो भन्दा चाँडो समस्याको समाधान खोजी भइरहेको कुरा विश्वास दिलाउँछु,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सबै पक्षको सहयोग अपेक्षा गर्दछु।’
देशभर भइरहेको आन्दोलनका बीच राष्ट्रपतिले सम्बोधन जारी गरेका हुन्। उनले संविधान र लोकतान्त्रिक व्यवस्थामाथि आघात नपुग्ने गरी शान्तिपूर्ण समाधान निकाल्न आग्रह गरेका छन्।
,’ राष्ट्रपति पौडेलले विज्ञप्तिमार्फत भनेका छन् ।







