काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भटराईले जेन जी नवयुवाहरूको आन्दोलन क्रमशः शान्तिपूर्ण अवतरणतर्फ उन्मुख हुन थालेको संकेत देखिनु सुखद समाचार हो । तर, यो आन्दोलन अब सकियो भन्ने होइन, बरु मुख्य चुनौती अब सुरु भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

‘श्राद्ध गर्नभन्दा सिदा पुर्याउन गाह्रो’ भन्ने लोकोक्ति जस्तै, आन्दोलनको उग्र रूप शान्त हुँदै गएको छ तर राजनीतिक समाधानसम्म पुग्न विवेक, धैर्य र दूरदृष्टि आवश्यक देखिएको छ ।

भटराईले भने कतिपय स्वघोषित टिप्पणीकारहरूले देश संविधान विहीन र राज्यविहीन शून्यताको अवस्थामा पुगेको भनी प्रचार गरिरहेका छन् । तर विज्ञहरूका अनुसार सरकारले राजीनामा गरे पनि लोकतन्त्रका आधारभूत अङ्गहरू—संविधान, संसद, राष्ट्रपतिरउपराष्ट्रपति, राज्यका स्थायी अङ्गहरू यथावत् छन् र त्यही आधारमा अघि बढ्नुपर्ने देखिन्छ ।
विशेषगरी संविधानको धारा २७४ ९१० ले स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र जनसत्ता असंशोधनीय भनेकाले यी मूल्यहरू जोगाउँदै नयाँ राजनीतिक अध्याय लेखिनुपर्ने बताइन्छ ।

तत्कालको एजेन्डा स् अन्तरिम सरकार र चुनाव

भटराईले भने विश्लेषकहरूको ठहरमा तत्कालीन एजेन्डा भनेको आन्दोलनले उठाएका मागहरूको सम्बोधन गर्दै छिटो नयाँ आमचुनावमा जाने हो । त्यसका लागि आन्दोलनकारीका आधिकारिक प्रतिनिधि र राष्ट्रपतिबीच प्रत्यक्ष संवादमार्फत राजनीतिक सहमति कायम गर्नुपर्ने आवश्यकता देखिएको छ ।
अर्कोतर्फ, विद्यमान संविधानमै अन्तरिम सरकार वा संसदबाहिरको नेतृत्वको प्रावधान नभएकाले यसका लागि संसद जीवितै रहेको अवस्थामा एक दिनका लागि संसद बोलाएर आवश्यक संवैधानिक व्यवस्था मिलाउनुपर्ने सुझाव आएका छन् ।

नयाँ उदीयमान दलहरूले संसदबाट राजीनामा दिएर आवेगमा निर्णय लिनुभन्दा त्यहीँ बसेर संवैधानिक बाटो खुलाउन सहयोगी भूमिका निर्वाह गर्नुपर्ने भनाइ विश्लेषकहरूको छ । “यस्तो संकटको घडीमा संसदमा भएका सबै दलहरूले जिम्मेवार सहयोगी बन्नु अनिवार्य छ,” एक पूर्व सभामुखले भने ।

राजनीतिक वृत्तमा साझा चिन्ता भनेकै, यदि सबै पक्षले गम्भीर र जिम्मेवार ढंगले भूमिका निर्वाह गर्न सकेनन् भने देश ‘डरलाग्दो अँध्यारो सुरूङ’ अर्थात् ब्ल्याक होलमा फस्न सक्ने चेतावनी हो । भटराईले आफ्नो सामाजिक ुंजाल फेसबुकमा लेखेका छन ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर